कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिका सदस्य घिमिरेमाथि आक्रमण


२ श्रावण २०७८, शनिबार
congress

काठमाडौं, २ साउन । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिका सदस्यमा श्यामकुमार घिमिरेमाथि आक्रमण भएको छ ।
पार्टी केन्द्रीय सदस्य समेत रहेका घिमिरेमाथि सदस्यता छानबिनस्थलमै पुगेर केही व्यक्तिले आक्रमण गरेको नेपाली कांग्रेसले जनाएको छ । उनीहरु नेपाली कांग्रेसकै कार्यकर्ता भएको बुझिएको छ ।

सांगठनिक काममै खटिएका बेला कार्यस्थमै आक्रमण भएको भन्दै नेपाली कांग्रेसले निन्दा व्यक्त गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै यसरकी आक्रमणमा उत्रिने व्यक्ति कांग्रेसको अनुशासित कार्यकर्ता हुन नसक्ने बताएका छन् ।

यो घटनालाई पार्टी पदाधिकारीको शुक्रबार बसेको बैठकले गम्भीर रुपमा लिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । ‘क्रियाशील सदस्यताको छानबिन स्थलमा पुगेर सांगठनिक कार्यमा व्यस्त रहेको समयमा एकाएक गरिएको आक्रमण पार्टीको अनुशासित सदस्यको परिचय हुन सक्दैन । महाधिवेशन तयारीमा शुक्रबार बसेको पार्टी पदाधिकारी र पूर्व पदाधिकारी बैठकले घटनालाई गम्भीरतापूर्वक लिएको छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साथै छोटो समय र कोरोना महामारीका बीच पनि केन्द्रीय सदस्य रमेश लेखकको नेतृत्वमा रहेको क्रियाशील सदस्यता छानबिन समितिले गरेको कामको पदाधिकारी बैठकले प्रशंसा समेत गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७