गणेश उप्रेतीको ‘सिरियल ठगी’ : मिटरब्याजदेखि वैदेशिक रोजगारीमासम्म

मिटरब्याजी गणेश उप्रेती सीआईबीद्धारा पक्राउ


३ श्रावण २०७८, आईतवार
Ganesh Uperti

काठमाडौं, ३ साउन । मिटरब्याजी गणेश उप्रेतीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ । मेलुङ–१ दोलखा घर भई हाल भैंसेपाटी बस्ने ३३ वर्षीय गणेश उप्रेतीलाई साढे १९ करोडका चेकसहित शुक्रबार सीआईबीको टोलीले पक्राउ गरेको हो ।

सीआईबी टोलीले उप्रेतीलाई काठमाडौंको चावहिलस्थित पशुपति कलेज नजिकै रहेको गाडीको रिकण्डिसन शोरुमबाट शुक्रबार राति १० बजे पक्राउ गरिएको सीआईबीले जनाएको छ । उप्रेती मिटरब्याजमा लगाएर ऋणीलाई ज्यान मार्ने धम्की दिने, बन्धक बनाउने, वैदेशिक रोजगारीमा पठाइदिने भन्दै महङ्गो पैसा असुल्ने लगायतको धन्दामा संग्लन भएको सीआईबी स्रोतले जनाएको छ ।

उप्रेतीमाथि अदालतबाट आइतबार म्याद थप गरेर अनुसन्धान अघि बढाइने सीआईबीका डीआईजी धीरजप्रताप सिंहले जानकारी दिए । उप्रेतीले १ करोडको एक दिनको १ लाख रुपैयाँसम्म उठाउने गरी मिटरब्याजको धन्दा चलाउने गरेको बताइएको छ ।

सीआईबीका अनुसा। उप्रेतीबाट दुई जनाले गत चैतमा ४ करोड १९ लाख रुपैयाँ लिएका थिए तर ऋणीलाई धम्क्याएर उनले ८ करोड ३० लाखको चेक लिए । उप्रेतीले दोलखा मेलुङ घर भई भक्तपुर (ठिमी) बस्ने ४० वर्षीय प्रकाश कार्कीलाई २ करोड ६५ लाख रुपैयाँ ऋण दिएका थिए । त्यसबापत १ करोडको प्रतिमहिना १५ लाख ब्याज तोकेका थिए । तर, कार्कीलाई उनले राष्ट्र्रिय वाणिज्य बैंकको ४ करोड १६ लाख रुपैयाँको चेक काट्न लगाए ।

यसैगरी रामेछाप गोकुलगंगा घर भई कोटेश्वर बस्ने ६० वर्षका हेमराज गुभाजूलाई उप्रेतीले १ करोड ५४ लाख रुपैयाँ दिएका थिए । ऋण दिँदा महिनाको १ करोडको १५ लाख रुपैयाँ ब्याज तोकिएको थियो तर गुभाजूबाट चेक भने ४ करोड १४ लाखको लिए ।

उप्रेतीले यस प्रकारका ठगी धुप्रै गरेको र अनुसन्धान भइरहेको सीआईबी स्रोतले जनाएको छ । डीआईजी सिंहले उप्रेतीबाट अरू पनि पीडित भएको हुन सक्ने भन्दै उजुरी दिन आह्वान गरेका छन् ।

बैंकसँग पनि मिलेमतो

Kamana Bank


स्रोतका अनुसार रिकण्डिसन व्यवसाय समेत सञ्चालन गरिरहेका उप्रेतीले बैंकका कर्मचारी तथा सिइओसँगसम्म सेटिङ्ग गरेर सेवाग्राहीलाई ठग्ने गरेको पनि स्रोतले जनाएको छ । विभिन्न सवारीका साधनहरु बैंकबाट कर्जा मिलाएर किस्तामा मिलाइदिने तर किस्ता नदिएको भन्दै मिलेमतोमा विचमै तानेर लिलामी गरेर मोटो रकम अशुल्ने गरेको पनि स्रोतले जनाएको छ ।

पक्राउ परेका उप्रेतीसँग कामना सेवा विकास बैंकका चेकहरु बरामत भएको छ । स्रोतका अनुसार कामना सेवा विकास बैंकका कर्मचारीहरुसँग मिलेर कर्जा र लिलामी धन्दामा उनी संग्लन भएको रहेको आशंका गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७