विवादास्पद व्यक्ति धमाधम उम्मेदवार सिफारिस


२७ आश्विन २०७४, शुक्रबार
deepak manage

काठमाडौं : नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्रलगायत दलका तल्ला समितिहरुले जसरी पनि निर्वाचन जित्ने नाममा गैरराजनीतिक तथा आपराधिक र विवादास्पद छवि भएका व्यक्तिहरुलाई प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनाउन सिफारिस गरेका छन् ।आजको नागरिक दैनिकमा खबर छ ।

deepak manage
निर्वाचन कार्यतालिकाअनुसार समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दलहरुले उम्मेदवारको बन्दसूची असोज २९ गते निर्वाचन आयोगलाई बुझाउनुपर्छ ।
दलका तल्ला समितिहरुले उम्मेदवार बनाउन केन्द्रमा सिफारिस गरेका केही नाम गुन्डागर्दी, अपहरण र हत्या अभियोग लागेका छन् । दलहरुले चुनाव जित्न रानजीतिक पृष्ठभूमिभन्दा खर्च गर्न सक्ने विवादास्पद छविका व्यक्तिहरुलाई उम्मेदवार सिफारिसमा प्राथमिकता दिन थालेपछि राजनीति थप बिटुलो बन्ने भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ ।
निर्वाचनसम्बन्धी काननुको सामान्य ख्याल नगरी विवादास्पद छवि भएका पैसावाललाई प्राथमिकता दिएर उम्मेदवार बनाउन सिफारिस गरिएका नाम धमाधम पार्टी केन्द्रीय कार्यालयमा आउन थालेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७