नयाँ आर्थिक वर्षको पहिलो कारोबार : झण्डै १०० अंक बढ्यो नेप्से


३ श्रावण २०७८, आईतवार
share

काठमाडौं, ३ साउन । नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिन सेयर बजारमा उछाल आएको छ । सो दिन बजार खुल्दादेखि नै बढ्न थालेको नेप्से कारोबार अवधिभर निरन्तर उकालो लागिरह्यो । सोही कारण नेप्से ९७.२१ अंकले बढेर २ हजार ९ सय ८०.६१ विन्दुमा उक्लेको छ ।

गत बिहीबारको तुलनामा यो ३.३७ प्रतिशतको वृद्धि हो । सो दिन कारोबारमा आएका सबै उपसमूहको परिसूचक उच्च अंकले बढेपछि समग्र नेप्सेमा छलाङ आएको छ । यसअघिका तीन कारोबार दिनदेखि नै नेप्से सुधारको बाटोमा थियो ।

आइतबार करिब १ लाख १६ हजार २ सय ९४ कारोबारबाट २ सय २१ कम्पनीका २ करोड ८८ लख ६३ हजार ९३ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ११ अर्ब ६३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा आइतबारको कारोबार रकम बढी हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७