एमाले नेता भीम रावलद्वारा सांसद पदबाट राजीनामाको घोषणा


३ श्रावण २०७८, आईतवार
Bhim Rawal is a CPN UML politician He is former Deputy Prime Minister Defence Minister of Nepal

काठमाडौं, ३ साउन । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन् । दिउँसो सिंहदरबारमा भएको नेपाल निकट सांसदहरुको भेलामा एमालेका उपाध्यक्ष समेत रहेका रावलले यस्तो घोषणा गरेका हुन् ।

उनलाई भेलामा उपस्थित सांसदहरुले भने राजीनामा नदिन आग्रह गरेका थिए । रावलले संसद् सचिवालयमा राजीनामा बुझाइसकेका भने छैनन् ।

उनले अराजनीतिक क्रियाकलाप रोक्न आफूले प्रयास गरे पनि नसकेपछि राजीनामा दिएको बताए । राजनीतिक तहमा अनैतिक घृणित काम भइरहेकाले तिनलाई रोक्नका लागि अधिकतम प्रयास गरेको उहाले बताउनुभयो । अराजनीतिक गतिविधिको मतियार नबन्नका लागि प्रतिनिधिसभाबाट राजीनामा दिएको उनको भनाई छ ।

अनैतिक राजनीति तथा देश र जनताविरोधी राजनीतिक अभ्यासको मतियार हुनुभन्दा त्यसबाट अलग हुनु श्रेयष्कर भएकोले उक्त प्रकारको दुषित खेलबाट आफूलाई अलग गर्दै प्रतिनिधिसभाको सदस्य पदबाट राजीनामा दिएको रावलको राजीनामा पत्रमा उल्लेख छ । पछिल्लो समय रावल पार्टी एकताका लागि गठित कार्यदलका सदस्य रहेका थिए ।

Bhim Rawal 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७