गायिका सुदिता राईको ‘मिठा मिठा’ गीत सार्वजनिक


३ श्रावण २०७८, आईतवार
sudita rai mitha mitha 2

काठमाडौं, ३ साउन । नेपालको चर्चित रियालिटि शो ‘द भ्वाइस अफ नेपाल सिजन ३’को नकआउटसम्म पुगेकी गायिका सुदिता राईको पहिलो अफिसियल गीत सार्वजनिक भएको । ‘गायिका सुदिताकै शब्द तथा संगीत रहेको मिठा–मिठा’ बोलको गीतमा आइतबार सार्वजनिक भएको हो ।

यस गीतलाई चर्चित गायक तथा संगीतकार देबेश राईले एरेञ्ज गरेका छन् । गायिका सुदिता राईको आफ्नै शब्द, संगीत र स्वरमा यो पहिलो गीत हो ।

बिछोडको पिडालाई रमाइलो शैलीमा प्रस्तुत गरिएको गीतको भिडियोमा गायिका सुदिता फिचर्ड छिन् । भिडियोलाई बिशाल राई निर्देशन गरेका हुन्, भने छायाँकन र सम्पादन पनि बिशालकै रहेको छ । गायिका सुदिता पछिल्लो समय भ्वाइसपछि गीत रेकर्डिङमा ब्यस्त रहेकी छिन् ।

यसअघिको उनको चर्चित गायक राई इज किङ राजेश पायल राईसंगको ‘लगन जुर्ने कहिले’ बोलेको गीत सार्वजनिक भएको थियो ।

भिडियो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७