विश्व युद्धकाे खतरा बढ्दै, नवनाजीवादी समूह सक्रिय


१८ फाल्गुन २०७४, शुक्रबार
nabanajibath ukren

‘द गार्जियन डटकम’ का पत्रकार केभिन रलिन्सन एक फासिवादविरोधी अभियानको सूत्रलाई उल्लेख गर्दै लेख्छन्, ‘युक्रेनमा लडिरहेका नवनाजीवादी समूहहरूले बेलायती उग्र दक्षिणपन्थी शक्तिहरूको सम्पर्क तीव्र गतिमा खोजिरहेका छन् ।’ ‘होप नट हटे’ (घृणा होइन आशा गर) लाई हवाला दिँदै उनी भन्छन्, ‘द अजोव बटालियोन’ नामक एक कुख्यात फासीवादी मिलिसियासँग सम्बन्ध रहेका मानिसहरूको उक्साहटमा दुई बेलायतीहरू हालैका महिनामा युद्धग्रस्त पूर्वी युरोपमा जाने तरखरमा रहेका छन् ।’

nabanajibath ukren
युक्रेनमा संगठिन नवनाजीवादी लडाकुहरू

एकातिर सिरियाली सरकारलाई अपदस्थ गर्ने निहुमा अमेरिकाले सिरियाली सहर गुटामा बिद्रोहीहरुलाई निरन्तर ठुलो पैमानामा हतियार दिइरहेको छ भने अर्कोतिर विद्रोह दबाउन सिरियाली सरकारलाई सहयोग गर्ने नाममा रुसले नयाँनयाँ हतियार प्रयोग गरी हजारौँ निर्दोष सिरियाली नागरिकहरूको नरसंहार गरिरहेको छ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले हिजो मात्र देशवासीको नाममा क्रेमलिनबाट प्रसारित एक टेलिभिजन सम्बोधनमा ‘रुसले अमेरिकालाई माथ गर्ने पारमाणविक हतियार र त्यसलाई बोकेर ६ हजार किलोमिटरभन्दा बढी दुरीसम्म मार हान्न सक्ने क्षेप्यास्त्र निर्माण गरिसकेको’ दाबी गरे ।

उनले अमेरिकाले पश्चिम एसिया र युरोपमा आफ्नो दादागिरी नदेखाउन अमेरिकालाई चेतावनी दिएका छन् । उता जर्मनी र फ्रान्सका शासकहरुले उग्र दक्षिणपन्थीहरूसँग मिलेर कसरी युरोपबाट गैर युरोपेलीहरुलाई धपाउने भनी उपाय खोजिरहेको कुरा ‘वर्ल्ड सोसियलिस्ट वेभसाइट, डब्ल्युएसडब्ल्युएसले जनाएको छ । युरोपमा नवनाजीवादीहरुले त गोप्य रूपमा लडाकुदस्ता नै बनाइसकेको खबर छ । केही महिना अगाडि मात्र पोल्याण्डको राजधानी वार्शामा उनीहरूले साठी हजारभन्दा बढीको जुलुस नै निकालेको खबर युरोपेली अखबारहरूले छापेका थिए ।

यी सबै घटनाहरूले अमेरिका, रुस र युरोपेली पुँजीवादी अहङ्कारी शासकहरुको सनकमा कहीँ तेस्रो विश्वयुद्ध त चाँडै हुन गइरहे छैन ? त्यो युद्ध सिरियाको भूमिबाट सु्रु हुन सक्छ, त्यो युरोपबाट गैर युरोपेलीहरुलाई धपाउने निहुमा युरोपकै कुनै भूमिबाट हुन सक्छ, त्यो कुनै अफ्रिकी मुलुक वा अरब देशको भूमिबाट सुरु हुन सक्छ । तेस्रो विश्वयुद्धले सम्पूर्ण मानव जातिको अस्तित्वलाई खतरामा पार्ने निश्चित छ । तर, पुँजीवादी अहङ्कारी शासकहरु अन्धा हुन्छन् भन्ने प्रमाण अहिले ट्रम्प, पुटिन, असाद, मार्केललगायतका शासकहरुको बोलीबाट पुष्टि हुन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७