प्रधानमन्त्री देउवाले भने–मेराे पहिलो प्राथमिकता खोप, खोप र खोप

‘२ बजे राति किन संसद विघटन गरेको ? राष्ट्रपति सुत्न पनि पाउनु भएन’


३ श्रावण २०७८, आईतवार
Sher Bahadur Deuba RSS1626621999

काठमाडौं, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना तीनवटा प्राथमिकता नै खोप खोप र खोप भएको बताएका छन् ।
‘पहिलो प्राथमिकता खोप, दोस्रो प्राथमिकता खोप, तेस्रो प्राथमिकता पनि खोप नै हो’, उनले भने, ‘विकास पनि महत्वपूर्ण छ तर जीवन झनै महत्वपूर्ण छ ।’

‘२ बजे राति किन संसद विघटन गरेको ? राष्ट्रपति सुत्न पनि पाउनु भएन’
प्रधानमन्त्री देउवाले सरकारमा रहेर विपक्षी पार्टीमा आक्रमण गर्न हुँदैन भन्ने मान्यता आफूले राख्ने बताएका छन् । संसदमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता अनुपस्थित हुनु गम्भीर विषय भएको बताए । ‘प्रधानमन्त्रीले बोल्दा विपक्षी दलको नेता हुनुपर्छ भन्ने हाम्रो सिद्धान्त हो’, उनले भने, ‘सरकारले विपक्षीमाथि आक्रमण गर्न हुँदैन भन्ने मान्यता राख्छु । तर केही कुरा भन्न चाहन्छु ।’

देउवाले ओलीले आफ्नो बहुमत पुग्दैन भनेको केहीबेरमै राष्ट्रपतिकहाँ प्रधानमन्त्रीको दाबी गर्न पुगेको बताए । ‘ओलीजी आफैले मेरो बहुमत पुग्दैन म जान्न भन्नु भएको थियो । पछि आफै जानुभयो’, उनले थपे, ‘अचानक २ बजे राति एकाएक संसद् विघटन भयो ? किन गर्नुपरेको होला । राष्ट्रपति विचरा सुत्न पाउनु भएन होला बाध्यतामा पारिदिनु भयो प्रधानमन्त्रीले । भोलिपल्ट विघटन गरेको भए भइहाल्थ्यो नि !’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७