ओली समूहका प्रेम आले र किसान श्रेष्ठसहित ८ सांसदले दिए देउवालाई विश्वासको मत


३ श्रावण २०७८, आईतवार
prem ale krishnakumar shrestha tanahu leaders 768x437 1

काठमाडौं, ३ साउन । नेकपा एमालेको संस्थापन पक्ष रहेका केही सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् । देउवालाई संसदका १६२ सदस्यले विश्वासको मत दिएका छन्। त्यस्तै ८४ जनाले विश्वासको मत दिएनन्।

नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली पक्षधर ८ सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् ।

सांसदहरु प्रेम आले, कृष्णकुमार श्रेष्ठ ‘किसान’, गोपाल बम र धनबहादुर बुढाले देउवालाई दिएका हुन् । एमाले कार्यालय सचिव समेत रहेका सांसद शेरबहादुर तामाङले उनीहरुले देउवालाई मत दिएको पुष्टि गरेका छन् ।

यस्तै पार्वती विशंखे, हिरा केसी, बिना बुढाथोकी र समिना हुसेनले पनि प्रधानमन्त्री देउवालाई मत दिएका छन् ।

यद्यपि एमाले संसदीय दलको बैठकले सांसदहरुलाई देउवाको विपक्षमा उभिन ह्विप जारी गरेको थियो। सर्वोच्च अदालतको असार २८ को फैसला अनुसार सांसदहरुलाई स्वविवेकीय अधिकार दिइएपछि फ्लोर क्रस भएको हो। एमालेको माधव कुमार नेपाल पक्षका सांसदहरुले फ्लोर क्रस गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७