अनमोलसँग किन रिसाइन् आफ्नै आमा ? लेखिन्, ‘सत्यनाश’


१८ फाल्गुन २०७४, शुक्रबार
anamol

काठमाण्डौं, १८ फागुन : अहिलेका चर्चित अभिनेता अनमोल केसीकी आमा, अभिनेत्री तथा निर्मात्री सुस्मिता केसी बेलाबखत फेसबुकमा विभिन्न स्टाटस लेखेर सञ्चार क्षेत्रमा छाइरहन्छिन् । बढीजसो अभिनेता तथा पूर्व पति भुवन केसीलाई इंगित गर्दै बेलाबखतमा व्यङ्ग्यात्म स्टाटसहरु आइरहेको हुन्छ उनको । यतिबेला सुस्मिताले आफ्नै छोरा अनमोल केसीमाथि रिस पोख्दै स्टाटस लेखेकी छिन् । anamol

जुन स्टाटस केही समयमा नै फेसबुकबाट हटाइएको थियो । पहिलो स्टाटसमा सुस्मिताले भुवन केसी, जिया केसी र अनमोलले होली खेलेको फोटो पोस्ट गर्दै आमाको मन दुखाएको लेखेकी थिइन् । उनको स्टाटस यस्तो छ ‘आमाको मन दुखाएर कसैको प्रगति भएको छ ? डिङ्गो पुत्रको सत्यनास..। यहि हो मेरो डिङ्गो डिप्लोमाटिक पुत्रलाई होलीको आर्शिबाद ।’

त्यसको केही समयपछि उनले पुनः अर्को स्टाटस लेख्छिन् ‘खाते, बार मासे, क्यासनोभाको रगत हो नि, लक्षण त देखाइहाल्छ नि । म मूर्ख रहेछु, युगौंदेखि खराब गुणलाई असलमा परिणत गर्न खोजिरहे मैले, अब सकिन ।’ यसअघि पनि अनमोल अभिनित चलचित्र ‘कृ’ खल्लो भएको भन्दै उनले फेसबुकमा लेखेकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७