पहिलो एक दिवसीय क्रिकेटमा भारतले श्रीलङ्कालाई सात विकेटले हरायो


४ श्रावण २०७८, सोमबार

काठमाडौं, ४ साउन । शिखर धवनको कप्तानीमा रहेको भारतले पहिलो एक दिवसीय क्रिकेटमा श्रीलङ्कालाई सात विकेटले हराएको छ । जितसँगै भारतले तीन खेलको श्रृङ्खलामा १–० को अग्रता बनाएको छ ।

कोलम्बोमा गए राति श्रीलङ्काले दिएको २ सय ६३ रनको लक्ष्य भारतले ८० बल बाँकी छँदै भेट्टायो । भारतका लागि कप्तान धवन र इशान किसनले अर्धशतकीय पारी खेले ।

धवनले ८६ र किसनले ५९ रनको योगदान गरे । यस्तै, पृथ्वी शले ४३, सूर्यकुमार यादवले ३१ र मनिष पाण्डेयले २६ जोडे । श्रीलङ्काका धनञ्जय सिल्भाले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको श्रीलङ्काले ५० ओभरमा ९ विकेट गुमाएर २६२ रन बनाएको थियो ।

श्रीलङ्काका लागि चामिका करुनारत्नेले ४३, कप्तान डसुन शनकाले ३९, चारिथ आश्लन्काले ३८, मिनोद भानुकाले २७ र भानुका राजपाक्षेले २४ रन बनाए । भारतका दिपक चाहर, युजभेन्द्र चाहल र कुलदीप यादवले २-२ विकेट लिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७