यो खुशीयाली मनाउने बेला होइन : नारायणकाजी


४ श्रावण २०७८, सोमबार
narayankaji shresth

काठमाडौं, ४ साउन । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री शेरबहादुर देउवालाई जिम्मेवारीबोध गरेर काम गर्न आग्रह गरेका छन् ।

संसदबाट विश्वासको मत प्राप्त गरेका कांग्रेस सभापति देउवालाई आइतबार राति सामाजिक सञ्जालमार्फत बधाइ दिँदै नेता श्रेष्ठले अहिलेको परिस्थितिमा खुशीयाली मनाउने भन्दा पनि जिम्मेवारीबोध गरेर काम गर्नुपर्नेमा जोड दिएका हुन् ।

‘प्रधानमन्त्री शेरबहादुर देउवाले आज प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नु भएकोमा उहाँलाई बधाई तथा हार्दिक शुभकामना,’ श्रेष्ठले ट्वीटरमा लेखेका छन्, ‘खुशीयाली मनाउने भन्दा जिम्मेवारीबोध गर्ने बेला हो यो, ख्याल गरौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७