भारतको मुम्बइमा पहिरोमा परेर २० जनाको मृत्यु


४ श्रावण २०७८, सोमबार
india

काठमाडौं, ४ साउन । लगातारको वर्षाका कारण पहिरोमा परेर भारतमा कम्तिमा २० जनाको मृत्यु भएको छ । लगातारको वर्षाका कारण भारतको मुम्बइ शहरमा पहिरोले घर भत्किँदा कम्तिमा २० जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

घना बस्ती रहेको मुम्बई र आसपासका शहरमा लगातारको वर्षाका कारण कम्तिमा ११ वटा घर र पर्खालहरु क्षतिग्रस्त हुँदा कयौं घाइते भएका छन् । करिब २० करोड जनसंख्या रहेको सो क्षेत्रमा बाढीका कारण कयौं प्रभावित भएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले पीडित परिवारलाई उचित क्षतिपूर्ति दिने प्रतिवद्धता जनाएका छन् । उनले घटनामा उद्दार तथा राहतका लागि कमि कमजोरी नहुने पनि जनाएका छन् । मुम्बई र आसपासका क्षेत्रमा अत्यधिक वर्षा भएकाले रेलवे सेवा र अन्य सार्वजनिक सवारी सेवा प्रभावित भएका छन् ।

२४ घण्टामा २ सय मिलिलिटर वर्षा मापन गरिएको छ । भारतमा यसअघि सन २००५ मा २४ घण्टामा ९४४ मिलिलिटर वर्षा भएको थियो । भारतीय मौसमविद्हरुले वर्षा अझै केही दिन जारी रहने भन्दै थप सतर्क रहन आग्रह गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७