तेल ट्यांकर विस्फोट, केन्यामा १३ जनाको मृत्यु


४ श्रावण २०७८, सोमबार
kenya

काठमाडौं, ४ साउन । केन्यामा तेल ट्यांकर विस्फोट हुँदा १३ जनाको मृत्यु भएको छ । उक्त घटनामा परेर कयौं घाइते भएको बताइएको छ ।
नैरोवीको उत्तरपश्चम क्षेत्रमा तेल बोकेको ट्यांकर ट्रकसँग ठोक्किएर दुर्घटना भएको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

दुर्घटना लगत्तै जम्मा भएका सर्वसाधारण सो विस्फोटमा परेर मृत्यु भएको समाचारमा जनाइएको छ । घाइतेहरुको उपचार भइरहेको छ । यसअघि सन् २००९ मा पनि केन्यामा तेल ट्यांकर दुर्घटनामा परेर १२० जनाको मृत्यु भएको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७