पहिलो ठूलो फ्लोर क्रस


४ श्रावण २०७८, सोमबार
sanada Fd5G9VtWQ7

काठमाडौं, ४ साउन । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जना प्रतिनिधिसभा सदस्यले फ्लोर क्रस गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् । एमालेको संसदीय दलको बैठकले ह्वापी जारी गरेर विश्वासको मतको विपक्षीमा मतदान गर्न निर्देशन दिएको थियो ।

नेपालको संसदीय इतिहासमा यति धेरै संख्यामा फ्लोर क्रस गरेको पहिलो पटक हो । संघीय संसदको यो नै पहिलो फ्लोर क्रस हो । यसअघि कर्णालीमा माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई जोगाउन एमालेका चार सांसदले फ्लोर क्रस गरेका थिए । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७