अफगान सरकार र तालिवानी विद्रोहीले शान्ति वार्तालाई निरन्तरता दिने


४ श्रावण २०७८, सोमबार
afgan 1

काठमाडौं, ४ साउन । अफगान सरकार र तालिवानीहरुले वार्तालाई निरन्तरता दिने प्रतिवद्धता जनाएका छन् । कतारको दोहामा जारी वार्ताका क्रममा दुवै पक्षले युद्धविराम र सरकारी नियन्त्रणमा रहेका विद्रोही लडाकूको रिहाइलगायतका विषयमा आन्तरिक रुपमा थप छलफल गरेर सहमतिमा पुग्ने प्रतिवद्धता जनाएका हुन् ।

बैठकपछि संयुक्त रुपमा जारी गरिएको विज्ञप्तिमा शान्ति वार्तालाई निष्कर्षमा पुर्‍याउने प्रतिवद्धता जनाएका हुन् । उनीहरुले वार्ताका लागि दुवै पक्षले विश्वासको वातावरण बनाउन थप गृहकार्य गर्ने समेत जनाएका छन् ।

दुवै पक्षले लामो समयदेखि वार्ता गरिरहेका छन् । अमेरिकाले आफ्ना सेना फिर्ता बोलाउने निर्णय गरेलगत्तै दुवै पक्षबीच पटक पटक वार्ता भएको हो । सरकारसँग वार्ता जारी रहे पनि तालिवानी लडाकूहरुले अफगानिस्तानका चरा सय जिल्लामध्ये आधा भन्दा बढी आफ्नो नियन्त्रणमा रहेको बताउँदै आएका छन् । अमेरिकी सेना फिर्ता भए लगत्तै तालिवानीले सशस्त्र गतिविधि तीव्र पारेसँगै वार्ताका लागि सरकारलाई थप दवाव परेको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७