डोजर पल्टिँदा एकको मृत्यु, दुई घाइते


४ श्रावण २०७८, सोमबार
dojar 1
सांकेतिक तस्वीर

अछाम, ४ साउन । अछाममा डोजर पल्टिँदा एक जनाको ज्यान गएको छ । चालकसहित दुई जना घाइते छन् । मंगलसेन नगरपालिका–१४, कालागाउँमा भएको दुर्घटनामा डोजरमा सवार अछामकै ढकारी गाउँपालिका–२ का ३६ वर्षीय रामबहादुर साउदको मृत्यु भएको हो । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

दुर्घटनामा घाइते भएका डोजरका चालक र परिचालकलाई उपचारको लागि जिल्ला अस्पताल पठाइएको छ । कालागाउँबाट ठाँटीखाँदतर्फ जाँदै गरेको ‘अनटेष्ट’ लेखिएको डोजर आइतबार राति करिब साढे आठ बजे सडकबाट अन्दाजी ७० मिटर तल खसेको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७