खोप केन्द्र अनुमगन गर्दै प्रधानमन्त्रीले भने, ‘सरकारको प्राथमिकता सबैलाई खोप’


४ श्रावण २०७८, सोमबार
johnson vaccine 1 nJSibXND9M

काठमाडौं, ४ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाबाट अनुदान प्राप्त कोरोनाविरुद्धको खोप लगाउने कार्यको जोरपाटीबाट शुभारम्भ गरेका छन् । जोरपाटीस्थित खगेन्द्र नव जीवन केन्द्रमा स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरेर शुभारम्भ गरेका हुन् । सो कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी पनि सहभागी थिए ।

प्रधानमन्त्री देउवा उपत्यकाका कोरोना खोप केन्द्रको अनुगमनमा निस्किएका हुन् । खोप अभियानका क्रममा तोकिएभन्दा अन्य उमेरका नागरिकलाई खोप दिइएको गुनासो आइरहेका बेला प्रधानमन्त्री देउवा आफैं अनुगमनमा निस्किएका हुन् । सोमबार बिहान १० बजेपछि अनुगमनमा निस्किएको प्रधानमन्त्री देउवाको टोलीले उपत्यकाका केही सरकारी र निजी अस्पतालमा पुगेर खोप वितरणको अवस्थाबारे जानकारी लिइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

jonssen vaccine with sher bahadur deuba 3

यसै क्रममा जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पतालस्थित खोप केन्द्र अनुगमन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘मेरो सरकारको प्राथमिकता सबैलाई कोरोना विरुद्धको खोप हो ।’ उनले त्यहाँ खोप सहज रूपमा लगाउने प्रबन्ध मिलाउन व्यवस्थापन पक्षलाई निर्देशन पनि दिएका छन् ।
अमेरिकाले जोन्सन एण्ड जोन्सन कम्पनीको १५ लाख ३४ हजार ८५० डोज खोप नेपाललाई उपहार स्वरुप दिएको थियो । यो खोप एक डोज मात्र लगाए पुग्छ ।

उक्त खोप आजबाट ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, अपांगताको ‘क’ र ‘ख’ वर्गको परिचयपत्र पाएका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी, सफाइकर्मी लगायतलाई दिन शुरु गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । काठमाडौंमा ४४ वटा खोप केन्द्रबाट साउन ४ गतेदेखि ६ गतेसम्म जोन्सन एण्ड जोन्सन कम्पनीको कोरोना खोप लगाउने निर्णय यसअघि नै सरकारले गरिसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७