एमालेको केन्द्रीय कमिटी बैठक शुरु, नेपाल पक्ष अनुपस्थित


४ श्रावण २०७८, सोमबार
Central commety1626675698

काठमाडौं, ४ साउन । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक शुरु भएको छ । ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा केहीबेर अघिदेखि पार्टीको केन्द्रीय कमिटीको १० औं बैठक शुरु भएको हो ।

बैठकमा पार्टीको विधान र आगामी महाधिवेशनबारे छलफल हुने एजेण्डा रहेको छ । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल–झलननाथ खनाल पक्ष उपस्थित छैन । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेताहरूको बारेमा पनि बैठकमा छmलफल हुने बताइएको छ ।

माधवकुमार नेपालसहित एमालेका २२ जनाल सांसदले देउवालाई विश्वासको मत दिएका थिए । त्यसमा अध्यक्ष केपी शर्मा ओली पक्षकै ८ जना सांसद पनि थिए । देउवालाई १६५ जना सांसदले विश्वासको मत दिएका थिए ।

गएको असार १८ गते एमालेको १३ औं केन्द्रीय कमिटी बैठक बसेको थियो । आज (सोमबार) बोलाइएको बैठकलाई भने एमालेले १० औं भनिएको छ । यो भनेको एमाले माओवादी केन्द्रसँग एक भएर नेकपा बन्नु पूर्वको अवस्था हो ।

माओवादीसँग पार्टी एक भएको दिन ०७५ जेठ ३ गते एमाले केन्द्रीय कमिटीको नवौँ बैठक बसेको थियो । त्यसपछि केन्द्रीय कमिटीका दुई वटा मात्रै बैठक बसे। त्यसैको निरन्तरता भन्दै एमालेले पार्टी बैठक चलाउँदै आएको थियो । तर वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर नेताहरू भने पार्टी कमिटीलाई जेठ २ अघिकै अवस्थामा फर्काउनुपर्ने बताउँदै आएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७