ट्रक र बस जुध्दा पाकिस्तानमा २९ जनाको मृत्यु, ४० भन्दा बढी घाइते


४ श्रावण २०७८, सोमबार
pakistan 1jmgQyXDGv 1

काठमाडौं, ४ साउन । पाकिस्तानको पञ्जाब प्रान्तमा सोमबार भएको बस र ट्रक दुर्घटनामा २९ यात्रीको मृत्यु भएको छ । यसमा महिला र बालबालिका पनि समावेश छन् । ४० भन्दा बढी घाइते भएका छन् । यीमध्ये चारजनाको स्थिति गम्भीर छ । दुर्घटना मुजफ्फरगढको डेरा गाजी खान नजिकै हाइवेमा भएको हो ।

डन न्यूजका अनुसार बस सियालकोटबाट राजनपुरतर्फ जाँदै थियो । इलाकाका कमिश्नर डा. इरशाद अहमदले घटनास्थलमा राहत र उद्धारकर्मी पुगेको जानकारी दिए । शव र घाइतेलाई अस्पताल पुर्‍याइएको छ । दुर्घटनामा घाइते भएका मानिसहरु ईदमा आफ्नो घर गइरहेका थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७