चोरीको दुई मोटरसाइकलसहित युवक पक्राउ


४ श्रावण २०७८, सोमबार
1 uAnw9oSP4m scaled

भक्तपुर, ४ साउन । मोटरसाइकल चोरीको अभियोगमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले एक युवकलाई नियन्त्रणमा लिएको छ ।
सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले भक्तपुर, कौशलटारबाट बा ९५ प २३३ नम्वरको केटिएम डुक २०० सिसीको मोटरसाइकललाई विना साँचो डाइरेक्ट स्टार्ट गरी चलाई रहेको अवस्थामा कमलामाई नगरपालिका–७, दोलखा घर भएका वर्ष १९ को विज्ञान भुजेललाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको जानकारी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दिए ।

उक्त मोटरसाइकल आइतबार विहान ८ः३० बजे भक्तपुर सानोठिमीबाट हराएको भनी बैदेश्वर गाउँपालिका–३, दोलखा घर भएका कृष्ण कार्कीले महाशाखामा जानकारी गराएका थिए । चोरी भएको सूचना प्राप्त हुनासाथ ट्राफिक महाशाखाको सादा पोसाकको टोलीले खटिएको ट्राफिक प्रहरीको टोलीले आइतबार दिउँसो उक्त मोटरसाइकलसहित उनलाई नियन्त्रण लिन सफल भएको एसएसपी भट्टराईले बताए ।

नियन्त्रणमा लिई थप अनुसन्धान र सोधपुछ पश्चात बा ८३ प ३३४५ नम्बरको २०० सिसि एनएस रातो पल्सर मोटरसाइकल समेत कौशलटारबाट बरामद भएको उनले बताए । पक्राउ परेका व्यक्तिलाई मोटरसाइकलहरू सहित चोरी मुद्दामा अनुसन्धान कारबाहीका लागि महानगरीय प्रहरी बृत्त, ठिमीमा बुझाएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७