बौद्धबाट एक महिलासहित पाँच जुवाडे पक्राउ


४ श्रावण २०७८, सोमबार
Juwa Tas Khal 1536x900 1

काठमाडौं, ४ साउन । काठमाडौंको बौद्धस्थित तीनचुली बिगमार्ट नजिकैबाट प्रहरीले जुवा खेलिरहेको अवस्थामा पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको गोदावरी घर भएकी ३५ वर्षीया तारा थापासहित पाँच जना छन् ।

महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–६ तिनचुलीस्थित वीरेन्द्र लामाको घरमा सञ्चालित सो जुवा खालबाट ४० हजार नगद र ३ बुक तास बरामद गरेको छ । हारजित हुनेगरी जुवा खेल्नेहरूमाथि मुद्दा चलाइने महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७