शशांक निवासमा रामचन्द्र पौडेलसहितका नेताहरुको वैठक


४ श्रावण २०७८, सोमबार
ramchandra poudel

काठमाडौं, ४ साउन । महाराजगञ्जस्थित कांग्रेस महामन्त्री डा. शशांक कोइराला निवासमा वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताहरुबीच वैठक भएको छ । सोमबार अपरान्ह कोइराला निवासमा छलफल शुरु भएको हो ।

छलफलमा नेता पौडेलसहित डा. कोइराला, प्रकाशमान सिह, अर्जुननरसिंह केसी, डा. रामशरण महत, प्रदिप पौडेललगायतका नेताहरुको सहभागिता छ । छलफल आगामी भदौ १६ गतेदेखि १९ गतेसम्म हुने राष्ट्रिय महाधिवेशनका विषयमा केन्द्रीत भएको बताइएको छ ।

‘क्रियाशील सदस्यताबारे छलफल गर्न क्रियाशील सदस्यता छानबिन समितिका साथीहरुलाई बोलाइएको हो’, स्रोतले भन्यो । क्रियाशील सदस्यता छानबिन समितिले गत शुक्रबारसम्म सप्तरी र बारा बाहेकका ७५ जिल्लाका अधिकांश निर्वाचन क्षेत्रको क्रियाशील सदस्यता टुंगो लगाइसकेको जनाएको थियो ।

समिति संयोजक रमेश लेखकका अनुसार सप्तरी र बारा जिल्लामा पार्टीको आन्तरिक समायोजनको विषयमा विवाद देखिएका कारण क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरणको प्रक्रिया ढिलो भएको छ ।

संयोजक लेखकले सप्तरी र बारा जिल्लाबाट नवीकरण र वितरणका कागजातहरू समितिमा पुगिसकेका पनि जानकारी दिएका छन् । समितिले केही दिनभित्रै पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७