२५ वर्षीया महिलाको शंकास्पद मृत्यु


४ श्रावण २०७८, सोमबार

सिरहा, ४ साउन । सिरहाको गोल बजारमा एक महिलाको शंकास्पद मृत्यु भएको छ । गोलबजार नपा– ४ का रामकृष्ण महतोकी २५ वर्षीया श्रीमती सुलेखादेवी महतोको शङ्कास्पद मृत्यु भएको हो ।

घरमा श्रीमतीको मृत्यु भएपछि रामकृष्ण घटनाबारे जानकारी गराउन ससुराल पुगेका थिए । ससुरालबाट फर्केपछि मात्र उनले प्रहरीलाई खबर गरेको बताइएको छ । घरमै पासो लगाको अवस्थामा मृत भेटिएकी श्रीमतीको पासो खोलेर उनी ससुराल गएको बताइएको छ । छरछिमेकले पनि घटनाबारे धेरैबेर पछि मात्र थाहा पाएका थिए ।

अघिल्लो दिन मोबाइलको विषयमा श्रीमान श्रीमतीबीच झगडा परेको रामकृष्णले बताएका छन् । अघिल्लो दिन झगडा हुनु र भोलिपल्टै मृत्यु हुनुले घटना शंकास्पद देखिएको बताइएको छ । इलाका प्रहरी कार्यालय गोलबजारले भने घटनाबारे पोष्टमार्टम रिपोर्ट पछि मात्र केही भन्न सकिने बताएको छ ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७