नेप्सेमा १४ अंकको बृद्धि, झण्डै १२ अर्ब रुपैयाँको कारोबार


४ श्रावण २०७८, सोमबार
Share Bull and Bear1613396466

काठमाडौं, ४ साउन । हप्ताको दोस्रो दिन आज (सोमबार) शेयर बजार कारोबार मापक नेप्से परिसूचक बढेको छ । नेप्से आज १३.९७ अङ्कले बढेर दुई हजार ९९४ दशमलव ५८ विन्दुमा पुगेको छ ।

आज विकास बैंक, जलविद्युत्, बीमा, होटल, फाइनान्स र माइक्रोफाइनान्स समूह बाहेक अरू समूहको शेयर बढेको छ । बैंकिङ समूहको शेयर झण्डै ११ अङ्कले, व्यापार समूहको एक सय ९६ अङ्कले, निर्जीवन बीमा समूहको एक सय एक अङ्कले, उत्पादन समूहको ४१, अन्यको १७ र लगानी समूहको शेयर साढे एक अङ्कले बढेको छ ।

आज २१९ कम्पनीका तीन करोड ७५ लाख कित्ता शेयर ११ अर्ब ८१ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ३५ करोड ४१ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज सिनर्जी पावर कम्पनीको शेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि गुराँस फाइनान्स, मञ्जुश्री फाइनान्स, हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७