ओलीले २४ घण्टे स्पष्टीकरण मागेपछि एमालेको माधव नेपाल पक्ष छलफलमा


४ श्रावण २०७८, सोमबार
Madhav Nepal CPN scaled

काठमाडौं, ४ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु छलफलमा जुटेका छन् । अध्यक्ष केपी शर्मा ओलीले आज (सोमबार) बोलाएको केन्द्रीय कमिटी बैठकमा नगएको यो समूहका नेताहरु छलफलमा जुटेका हुन् ।

डल्लुमा नेपाल समूहको बैठक चलिरहेको एक नेताले जानकारी दिएका छन् । आइतबार माधव नेपालसहित २२ जनाले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए । देउवालाई विश्वासको मत दिने सांसदहरुलाई अध्यक्ष ओलीले २४ घण्टे स्पष्टीकरण सोधेका छन् ।

ओलीले सोधेको स्पष्टीकरण, एकता प्रक्रिया र आगामी राजनीतिक कोर्सबारे छलफल गर्न नेताहरु जुटेका हुन् । एमालेको वैठकले अर्को दलको नेतालाई प्रधानमन्त्री बनाउने र विश्वासको मत दिने कुरा अक्षम्य भएको निष्कर्ष निकालेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७