सिन्धुपाल्चोक र मनाङ विपद संकटग्रस्त जिल्ला घोषणा


४ श्रावण २०७८, सोमबार
Melamchi flood 8

काठमाडौं, ४ साउन । बाढी र पहिरोले क्षति पुर्‍याएको सिन्धुपाल्चोक र मनाङलाई सरकारले विपद् संकटग्रस्त जिल्ला घोषणा गरेको छ ।
आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले असोज मसान्तसम्मका लागि सिन्धुपाल्चोक र मनाङलाई विपद संकटग्रस्त जिल्ला घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्रा ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् । मनसुन भित्रिएयता सिन्धुपाल्चोक र मनाङ बाढी र पहिरोको प्रकोप बढेको छ ।

अहिलेसम्म बाढी र पहिरोबाट सिन्धुपाल्चोकमा पाँच जनाको मृत्यु भएको छ भने २० जना सम्पर्कविहीन छन् । बाढी र पहिरोले ३३८ घर पूर्णरुपमा क्षति भएका छन् । त्यस्तै मनाङमा बाढी र पहिरोले ५९ घर पूर्णरुपमा र २० घरमा आंशिक क्षति पुगेको छ । बाढीले विद्युत गृह, सडकलगायत थुप्रै भौतिक संरचना बगाएको छ ।

यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीले सिन्धुपाल्चोक पुगेर क्षति अनुगमन गरेका थिए । उनले बाढीपीडित प्रतिपरिवारलाई ५० हजार राहत उपलब्ध गराउने घोषणा गरेका थिए ।

दुवै जिल्लामा सरकारले विशेष राहत उपलब्ध गराउने भएको छ । बाढी र पहिरोबाट हुनेसक्ने क्षतिलाई ध्यानमा राखेर उद्धार, राहत र पुनः स्थापनाका कार्यक्रम सञ्चालन गर्ने प्रवक्ता कार्कीले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७