थाहा छ ? करिना किन मनाउँदिनन् होली ?


१८ फाल्गुन २०७४, शुक्रबार
karina kapoor

काठमाण्डौं, १८ फागुन : अधिकांश बलिउड सेलेब्रिटी धुमधामका साथ होली खेल्ने गर्दछन् । कतिपय हिन्दी फिल्ममा त होलीका गीत तथा दृष्य निकै जोडदार रूपमा प्रस्तुत गरिएको छ । तर, यसपालि भने थुप्रै सेलेब्रिटीले होली विशेष कार्यक्रम क्यान्सिल गरेका छन् । अभिनेत्री श्रीदेवीको निधनका कारण बलिउड अहिले शोकमा छ । त्यसैले कतिपय कलाकारले यसपालि होली नमनाउने भएका छन् ।karina kapoor

यो वर्ष त भइगो, विगतमा पनि होली नखेल्ने केही सेलेब्रिटी रहेछन्, त्यहाँ । भारतीय अनलाइनले होली नखेल्ने केही सेलेब्रिटीबारे उल्लेख गरेका छन् । त्यसको पहिलो नम्बरमा करिना कपुर छिन् । हिन्दू संस्कारमा हुर्किएकी हिन्दू नारी भए पनि करिनाले होली मनाउँदिनन् । त्यसको प्रमुख कारण रहेछ, उनको हजुरबुबाको निधन । पहिला होली खेल्ने गरेको भए पनि हजुरबाबुको निधनपछि भने कपुर खानदानमै होली मनाउन छाडिएको करिनाको खुलासा छ । ‘हजुरबुबाको निधनपछि हाम्रो जिन्दगीको रङ उँड्यो । त्यसकारण हामीले होली खेल्न छाडेका हौँ,’ करिनाको भनाइ उद्धृत गर्दै अनलाइनमा उल्लेख छ, ‘हजुरबुबा होली धुमधामका साथ मनाउनु हुन्थ्यो । उहाँ नै नरहेपछि हामीमा होलीप्रति कुनै रौनक छैन ।’

करिनाझैं होली नमनाउने अभिनेत्रीमा पर्छिन्, कृति मेनन । कृति भने अन्य केही कारणले नभई आफ्नो गृहस्थान दिल्लीमा झैं मुम्बईमा आफ्ना मिल्ने साथी नभएकाले होली नखेल्ने गरेको बताउँछिन् । कृति आफ्नो स्किनप्रति निकै सजग भएकाले होलीको रङदेखि डर लाग्ने बताउँछिन् । अर्की अभिनेत्री तापसी पन्नु पनि होली खेल्दिनन् । आफ्नो घरमा समेत होलीलाई महत्व नदिइने भएकाले आफू पनि यसप्रति लालायित नभएको उनी बताउँछिन् ।

अभिनेता जोन अब्राहम चाहिं होलीको विरुद्धमा नै छन् । उनले केही समयअघिको एउटा अन्तर्वातामा होली खेल्नु प्रकृतिको दुरुपयोग भएको बताएका थिए । उनको भनाइ छ, ‘म होली मनाउँदिन । मान्छेहरू होलीको दुरुपयोग गरिरहेका छन् । मान्छेहरू रुख काट्छन्, त्यसबाट प्रकृति नष्ट भइरहेको छ, धर्मका नाममा मान्छेले हरेक कुरा नष्ट गरिरहेका छन् । होली पनि त्यस्तै हो ।’ अर्का अभिनेता रणवीर सिंह पनि होली मन पराउँदैनन् । होलीका रङले छालामा असर गर्ने भएकाले आफूलाई यो पर्व मन नपर्ने तर्क उनको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७