आयरल्याण्डसँगको पहिलो टी–ट्वान्टीमा दक्षिण अफ्रिका ३३ रनले विजयी


५ श्रावण २०७८, मंगलवार
south africa 3mqtOrG3eI

काठमाडौं, ५ साउन । घरेलु टोली आयरल्याण्डसँगको पहिलो टी–ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रिका ३३ रनले विजयी भएको छ ।
दक्षिण अफ्रिकाले दिएको १६६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको आयरल्याण्डले २० ओभरमा ९ विकेट गुमाउँदै १३२ रन मात्र बनाउन सक्यो । आयरल्याण्डका लागि ह्यारी टेक्टरले ३६ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् ।

बेरी म्याककार्थी ३० तथा जोस लिटल १५ रनमा अविजित रहे । कप्तान एन्डी बलब्रिनेले २२ रन बनाए । दक्षिण अफ्रिकाका ताब्रेज सामीले ४ विकेट लिए । लुंगी एनजीडी र जर्ज लिन्डेले २–२ विकेट लिए । डुब्लिनमा पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ७ विकेट गुमाएर १६५ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि एडिन माक्रमले सर्वाधिक ३९ रन जोडे ।

डेभिड मिलरले २८, रस्सी भान डेरले २५ तथा क्विन्टन डी ककले २० रन बनाए । आयरल्याण्डका मार्क एडिअरले ३ तथा सिमि सिंह र जोस लिटलले २–२ विकेट लिए । जितसँगै तीन खेलको टी–ट्वेन्टी श्रृङ्खलामा दक्षिण अफ्रिकाले १–० को अग्रता बनाएको छ । यसअघि भएको तीन खेलको एक दिवसीय श्रृङ्खला भने १–१ को बराबरीमा सकिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७