चार दिनदेखि हराइरहेका युवकको शव फेला


५ श्रावण २०७८, मंगलवार
death

तनहुँ, ५ साउन । तनहुँमा एक युवकको शव फेला परेको छ । असार २९ गतेदेखि हराइरहेका भानु नगरपालिका–१३ का २४ वर्षीय गोपाल गुरुङको शव मादी नदीमा फेला परेको जिल्ला समन्वय समिति तनहुँका सदस्य एवं प्रवक्ता गलबहादुर गुरुङले जानकारी दिए ।

व्यास नगरपालिका–७ दुलेपानीस्थित मादी नदीमा गुरुङको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शव सनाखत गरेर परिवारलाई बुझाइएको गुरुङले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७