एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै


५ श्रावण २०७८, मंगलवार
amale center comme

काठमाडौं, ५ साउन । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (मंगलबार) पनि बस्ने भएको छ । च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक हिजोबाट शुरु भएको हो । आज दिउँसो ३ बजेका लागि बैठक बोलाइएको एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

बैठकमा पार्टीमा रहेको आन्तरिक विवाद, पार्टी अनुसासन, पार्टीले चाल्ने सक्ने कारबाहीको कदमलगायत विषयमा छलफल भइरहेको छ । सोमबारको बैठकले माधव नेपालसहित कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

यस्तै बैठकले एमाले विवाद समाधान कार्यदलले बुझाएको १० बुँदे प्रस्ताव अनुमोदन गरेको थियो । हिजोको केन्द्रीय कमिटी बैठकपछि एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा स्थायी कमिटी बैठक पनि बसेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७