प्रचण्ड र उपेन्द्र यादवको कोटेश्वरमा माधव नेपालसँग भेटवार्ता


५ श्रावण २०७८, मंगलवार
prachanda madhav upendra

काठमाडौं, ५ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । प्रचण्ड र नेपालबीच आज (मंगलबार) बिहान नेपाल निवास कोटेश्वरमा भेटवार्ता भएको हो ।

नेपाललाई भेट्न मंगलबार बिहान सवा ८ बजे कोटेश्वर पुगेका प्रचण्ड नौ बजेतिर फर्किएको स्रोतले जानकारी दिएको छ । यस्तै प्रचण्ड फर्किए लगत्तै जसपा अध्यक्ष उपेन्द्र यादव नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् । भेटमा भएको कुराकानीको विषय खुलेको छैन । यद्यपि समसामयिक राजनीति र सरकार सञ्चालनका विषयमा कुराकानी भएको स्रोतले बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७