करेन्ट लागेर पुजारीको मृत्यु


५ श्रावण २०७८, मंगलवार
current

सर्लाही, ५ साउन । सर्लाहीको बसबरियामा करेन्ट लागेर एक पुजारीको ज्यान गएको छ । मृत्यु हुनेमा विष्णु गाउँपालिका बत्रौलका ६० वर्षीय पुजारी किशोरी दास बैरागी रहेका छन् ।

उनी सबरिया गाउँपालिका सोहड्वामा रहेको राम जानकी मठका पुजारी थिए । दास सो मन्दिरमा विगत ४५ वर्षदेखि पुजारी बस्दै आएका थिए । उनलाई भजन कीर्तनका लागि मन्दिरको बरण्डामा माइकको तार जोड्न खोज्दा करेन्ट लागेको थियो । उनको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७