ज्योति मगर भन्छिन्, ‘प्लेब्वाइ नै मन पर्छ’


१८ फाल्गुन २०७४, शुक्रबार
Jyoti Magar Babal Hot Photo

काठमाण्डौं, १८ फागुन : ज्योति मगरको नामसँगै जोडिन्छ ‘ग्ल्यामर’ । धेरैले उनलाई ‘भल्गर’ रुपमा पनि ब्याख्या गर्छन । ज्योति भने वास्तविकतामा आफू त्यस्तो नरहेको बताउँछिन् । थुप्रै ‘स्टेज पर्फमेन्स’ मा भेट हुने दर्शकहरु ज्योतिको यथार्थ बुझेपछि प्रशंसक नै हुने उनको अनुभव छ । ‘जति आलोचना गरे पनि वास्तविक प्रस्तुती देखेपछि उहाँहरुले प्रशंसा गर्नुभएको छ,’ उनले भनिन्, ‘कतिले त हामीले सोचे जस्तो नराम्रो रहेनछ भनेर भावुक हुँदै अंगालो हाल्नुभएको छ ।’ jyoti magar 1

त्यसो त, उनको दैनिक जीवनशैली पनि कुर्ता–सुरुवाल वा गुन्युचोली लगाउने किसिमको छैन । घरमै बस्दा पनि उनी निस्फिक्री शैलीमै हुन्छिन् । तर, भलाद्मी देखिनेहरुबाटै खतरा रहेको भन्दै आफू भित्र जस्तो छ बाहिर पनि उस्तै रहेको उनको दाबी छ । समाजमा इमानदारी र अनुशासित देखिनेहरुले नै खराब काम गरेको उदाहरण दिंदै ज्योतिले आफू भद्दा देखिए पनि असल रहेको बताइन् । उनले भनिन्, ‘बरु मुन्द्रा लगाउने, अलिक हेर्दै डरलाग्दो केटाहरुले केटी पनि जिस्काउँदैन । तर, जो सुटेट बुटेट र इमानदार देखिन्छ नि, उसैले अँध्यारोमा केटी जिस्काउँछ ।’

देशका सार्वजनिक छवि बोकेको मन्त्रीस्तरीय व्यक्तिले नै आफूमाथि यौनजन्य दुव्र्यवहार गरेको ज्योतिको बताउँछिन् । उनलाई यौन दुव्र्यवहार कसले गरेको थियो भन्ने कुरा नबताउने ज्योति इमानदार देखिनेहरु जब बन्द कोठामा पुगेपछि उनीहरुको असलियत थाहा हुने भन्दै त्यस्तो दोहोरो चरित्रप्रति नराम्रो लाग्ने बताउँछिन् । उनले भनिन्, ‘बरु प्लेब्वाइहरु नै पो ठिक हुन्छन् ।’ उनले थपिन्, ‘उनीहरु बाहिर जस्तो छन्, त्यस्तै देखाउँछन् । उनीहरुबाट जोगिन सकिन्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७