विश्वका सबैभन्दा धनी व्यक्ति बेजोस आफ्नै रकेटमा आज अन्तरिक्ष जाँदै


५ श्रावण २०७८, मंगलवार
bezoswithtoli ShHQNCHXlT

काठमाडौं, ५ साउन । विश्वमा धनाढ्यहरुबीच अन्तरिक्ष जाने होड चलेको देखिएको छ । झण्डै दुई हप्ता अगाडि बेलायती अर्बपति रिचर्ड ब्रान्सन आफ्नै यानमा चढेर अन्तरिक्ष यात्रा गर्ने पहिलो व्यक्ति बनेका थिए ।

७१ वर्षीय ब्रान्सन अमेरिकाको न्यु मेक्सिकोबाट आफ्नै कम्पनी भर्जिन ग्यालेक्टिक निर्मित यानमार्फत अन्तरिक्षमा पुगेका थिए । सो यान पृथ्वीबाट ८८ किलोमिटर उचाइमा पुगेको थियो । ब्रान्सनसहित पाँच चालक दलका सदस्यले करिब तीन–चार मिनेट गुरुत्व शून्यताको अनुभव गरेका थिए ।

118379929 blueorigin ns15 07 capsuleland

ब्रान्सनपछि यतिबेला विश्वकै धनी व्यक्ति जेफ बेजोस आज मंगलबार आफ्नै कम्पनी ब्लु ओरिजिनको यानमा अन्तरीक्षतर्फ जाँदैछन् । बेजोससँग उनका भाई मार्क बेजोस, ८२ वर्षकी अन्तरिक्ष यात्री वाली फंन्क र १८ वर्षका विद्यार्थी अन्तरिक्ष जानेछन् । बेजोसले सीबीएस न्युजसँग भनेका छन्, ‘म उत्साहित छु । मानिसहरु के म अत्तालिएको छु भनेर सोधिरहेका छन् । म अत्तालिएको छैन बरु जिज्ञासु भएको छु । म मैले के देख्छु र सिक्छु त्यो जान्न चाहन्छु ।’

Capture 8

‘हामीले प्रशिक्षण पाइसकेका छौं । हाम्रो यान तयार छ, क्रु तयार छ । हाम्रो टिम रोमान्चक छ। हामी खुशी छौं’ उने भनेका छन् । १०६ किलोमिटर माथिसम्म रकेट क्याप्सुल पुग्नेछ । जहाँ उनीहरुले चार मिनेटसम्म गुरुत्व शून्यताको महसुस गर्नेछन् ।

रकेट बुस्टर ७६ किलोमिटर माथि पुगेपछि क्याप्सुलसँग छुट्ने छ र पृथ्वीमा अवतरण गर्नेछ । रकेट क्याम्पसुल भने पृथ्वीको सतह भित्र प्रवेश गरेसँगै प्यारासुटबाट मरुभूमिमा अवतरण हुनेछ । बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७