तनहुँको अकला मन्दिरबाट मूर्तिसहितका विभिन्न सामान चोरी


५ श्रावण २०७८, मंगलवार
akale mandir

तनहुँ, ५ साउन । तनहुँको अकला मन्दिरबाट विभिन्न सामान चोरी भएको छ । म्याग्दे गाउँपालिका–६ स्थित अकला मन्दिरबाट पाँच केजीको कालीमाताको मूर्ति एक थान, एक केजीको कालीमाताको मूर्ति एक थान, एक केजीको दुर्गाको मूर्ति एक थान र एक केजीको गणेशको मूर्ति एक थान, शंख एकथान र तरबार एक थान गए राति चोरी भएको छ ।

प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७