डाक्टरलाई धम्की दिने र दुर्व्यवहार गर्ने बीपी प्रतिष्ठानका लेखा अधिकृत निलम्बित


५ श्रावण २०७८, मंगलवार
kamal rayamajhi 20210720073826

सुनसरी, ५ साउन । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लेखा अधिकृत कमल रायमाझी निलम्बनमा परेका छन् । प्रतिष्ठानका डा. विप्लव कार्कीमाथि मादक पदार्थ सेवन गरी दुर्व्यहार गरेपछि उनीविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा जाहेरी दर्ता भएपछि उनी निलम्बनमा परेका हुन् ।

आइतबार राति लेखा अधिकृत रायमाझिले मादक पदार्थ सेवन गरी डा. कार्कीको निवासमा गएर तत्काल रुम खाली गर्न धम्की दिँदै दुर्व्यवहार गरेका थिए । सोमबार कार्कीले इलाका प्रहरी कार्यालय धरानमा आफूमाथि अन्याय परेको भन्दै इलाका प्रहरी कार्यालय धरानमा अभद्र व्यवहारमा जाहेरी दर्ता गराएपछि रायमाझिलाई निलम्बन गरिएको बीपी प्रतिष्ठानका सहायक प्रवक्ता डा.चुडामणि पोखरेलले जानकारी दिएका छन् ।

रायमाझी प्रतिष्ठानको आर्थिक प्रशासन महाशाखाको प्रमुख पदमा कार्यरत थिए । डा.कार्कीलाई दुर्व्यहार गरेर फरार भएका उनलाई प्रहरीले पक्राउ नगरेको भन्दै काम छाडेर आन्दोलनमा उत्रिएका प्रतिष्ठानका ३ सय ५० जना चिकित्सक मंगलबार पनि काममा फर्किएका छैनन् ।

आन्दोलनमा उत्रिएका जुनियर डाक्टरहरुले तत्काल रायमाझीलाई पक्राउ नगरेसम्म काममा नफर्किने प्रतिष्ठानको जुनियर रेसिडेण्ड वल्फेयर सोसाइटीका उपाध्यक्ष डा. पदम नेपालीले बताएका छन् । इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले रायमाझीलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७