माधव नेपालले बोलाए सांसदहरुको भेला


५ श्रावण २०७८, मंगलवार
Madhav Kumar Nepal EX PM Nepal scaled

काठमाडौं, ५ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू पक्षका सांसदहरुसँग छलफल गर्न भेला बोलाएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका सांसदहरुले अपराह्न ४ बजे छलफल गर्न लागेको एक सांसदले जानकारी दिएका छन् । उनीहरुले बानेश्वरस्थित एक होटेलमा छलफल गर्न लागेका हुन् ।

गएको आइतबार प्रतिनिधिसभामा भएको मतदानमा एमालेका २२ सांसद्ले देउवाको पक्षमा मतदान गरेका थिए । यता एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई स्पष्टीकरण माग गरेका छन् ।

हिजो बसेको केन्द्रीय कमिटी बैठकले उनीहरुलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो । तर, सांसदहरुले भने उक्त स्पष्टीकरणको जवाफ नदिने बताएका छन् । एमाले अध्यक्ष ओलीले पनि २४ घण्टाको समय बितिसक्दा समेत स्पष्टीकरणको विषयमा कुनै कदम चालेका छैनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७