कांग्रेस महाधिवेशनमा ‘डिजिटल भोटिङ’


५ श्रावण २०७८, मंगलवार
congress

काठमाडौं, ५ साउन । कोरोना महामारी नरोकिए नेपाली कांग्रेसले महाधिवेशनमा डिजिटल भोटिङमार्फत नेतृत्व चयन गर्ने भएको छ ।
कांग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागको तेस्रो पूर्ण बैठकले डिजिटल भोटिङको अवधारणालाई अन्तिम रुप दिँदै आगामी दिनहरुमा प्रयोग गर्न सकिने गरी आन्तरिक डिजिटल भोटिङको व्यवस्था गरेको हो ।

विभागका प्रमुख एवं पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको सभापतित्वमा बसेको बैठकले कोरोना महामारी न्यून भएर महाधिवेशन भौतिक रुपमै आयोजना गर्न सकिने आशाका बावजुद ‘डिजिटल भोटिङ’ को आफ्नै आन्तरिक प्रविधि विकास र सुनिश्चित गरेको विभागका सचिव दिनेश थापा मगरले जानकारी दिएका छन् ।

बैठकले केन्द्रीय समितिले जरुरी ठहर गरेर निर्णय गरेका खण्डमा शून्यबाट सुरु गर्नु नपर्ने गरी विकास गरिएको प्रविधि तत्काल आवश्यक नपर्दा भविष्यका लागि पार्टीसँग प्रविधिको सम्पत्ति र सक्षमता सुरक्षित हुने उनले बताए ।

७७ जिल्ला पार्टी कार्यालयमा उपस्थित भएर प्रदेश अधिवेशन र महाधिवेशनका प्रतिनिधिले मतदान गर्न सक्ने व्यवस्था गरिएको प्रविधिमार्फत १४ औं महाधिवेशनमै केन्द्र र ७ प्रदेशको निर्वाचन सम्बन्धी सबै प्रक्रिया सम्पन्न गर्न सकिने विभागले जनाएको छ ।

डिजिटल भोटिङको नमुना प्रदर्शनीको आन्तरिक कार्य योजनासमेत बैठकले तय गरेको छ । जिल्ला तहसम्म प्रविधि प्रशिक्षण र सहजीकरणका लागि दक्ष इन्जिनियरहरुको नेटवर्क तयार गरिएको सचिव थापामगरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

1 7
2 7
3 3

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७