खुमलटार पुगेर प्रधानमन्त्री देउवाले लिए प्रचण्ड पत्नी सीताको स्वास्थ्य अवस्थाको जानकारी


५ श्रावण २०७८, मंगलवार
Sita Dahal with Deuba1626782287

काठमाडौं, ५ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । मंगलबार साँझ खुमलटा पुगेर देउवाले लामो समयदेखि बिरामी दाहालको स्वास्थ्य अवस्था बुझेका हुन् ।

देउवा खुमलटार पुगेर सीताकाे स्वास्थ्य अवस्थाबारे जानकारी लिएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले दिएका छन् । सीता लामो समयदेखि बिरामी छन् । उनको देश तथा विदेशका धेरै अस्पतालमा उपचार गराउँदा पनि निको हुन सकेकी छैनन् । यसअघि आजै बिहान प्रचण्डले एमाले वरिष्ठ नेता माधव नेपाललाई कोटेश्वरमा र प्रधानमन्त्री देउवालाई बालुवाटारमा भेटेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७