३,१०८ कोराना संक्रमित थपिँदा १,५९५ निको, २५ जनाको मृत्यु


५ श्रावण २०७८, मंगलवार
korona

काठमाडौं, ५ साउन । नेपालमा पछिल्लो २४ घण्टामा ३१ सय बढी कोरोना भाइरसका संक्रमित देखिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १३ हजार १३५ जनाको परीक्षणबाट ३१ सय ८ संक्रमित थपिएको जानकारी दिएको छ ।

परीक्षणको २३ दशमलव ६७ प्रतिशतमा संक्रमण देखिएको हो । जसमा पीसीआरबाट मात्रै २२ सय २ जना थपिएका हुन् । काठमाडौं उपत्यकामा संक्रमित ह्वात्तै बढेका छन् । मंगलबार काठमाडौंमा ५३१, ललितपुरमा १४७ तथा भक्तपुरमा ४१ जना थपिएका हुन् । त्यस्तै मोरङ्गमा २५२, झापामा १७८, सुनसरीमा १६५ तथा कास्कीमा १२६ जना थपिएका छन् ।

मंगलबार २५ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म कोरोनाबाट ९ हजार ६०७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १,५९५ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । हाल सक्रिय संक्रमित बढेर २६ हजार ४ सय १९ पुगेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७