यी हुन् एमाले बैठकका नौ एजेण्डा


५ श्रावण २०७८, मंगलवार
thumb 14

काठमाडौं, ५ साउन । नेकपा एमालेले जारी केन्द्रीय कमिटी वैठकमा छलफलका लागि नौं एजेण्डा प्रस्तुत गरेको छ ।

जसमा समसामयिक विषयमा पार्टी अध्यक्षको सम्बोधन, एमाले कार्यदलले यसअघि पार्टी विवाद समाधान गर्न प्रस्ताव गरेको १० बुँदे प्रस्ताव, अनुशासनहीन कार्यमा संलग्नहरूसँगको स्पष्टीकरण,१० बुँदेको कार्यान्वयनबारे जानकारी, सर्वोच्च अदालतको फैसलाबारे पार्टी दृष्टिकोण, एमाले नेतृत्वको सरकारबारे समीक्षा, पार्टीको आगामी भूमिका लगायत रहेका छन् ।

ललितपुरको च्यासलमा सोमबारबाट जारी बैठक यिनै एजेन्डामा केन्द्रित रहेर छलफल जारी रहेको छ । ओली सरकारबाट हटेपछि सोमबारदेखि केन्द्रीय कमिटी बैठक बसिरहेको छ ।

9 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७