प्रचण्ड निवासबाट झलनाथलाई प्रधानमन्त्री देउवाको फोन : उपचार खर्च सरकारले व्यहोर्छ


५ श्रावण २०७८, मंगलवार
deuwa jhalanath

काठमाडौं, ५ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको राजधानी नयाँदिल्लीमा उपचाररत एमाले वरिष्ठ नेता झलनाथ खनाललाई फोन गरेका छन् ।

मिर्गौलामा गम्भीर समस्या देखिएपछि दिल्लीमा उपचाररत पूर्व प्रधानमन्त्री खनाललाई देउवालले खुमलटार पुगेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मोबाइलबाट फोन संवाद गरेका हुन् ।

प्रचण्ड पत्नी सीताको स्वास्थ्य अवस्था बुझ्न पुगेका देउवाले प्रचण्डकै मोबाइलबाट फोन संवाद गरेका हुन् । फोन संवादका क्रममा देउवाले ढुक्क भएर उपचार गर्न खनाललाई आग्रह गरेका छन् । ‘तपाईं ढुक्कले उपचारमा लाग्नुस् । तपाईंको उपचार खर्च सबै सरकारले व्यहोर्छ’, देउवाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘तपाईं निको भएर फर्किनु होला, उपचारका लागि कुनै कमी हुन नदिने वचन दिन्छु ।’

खनालको मिर्गौलामा समस्या भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । तर त्यहाँ अवस्था झन जटिल भएपछि उनलाई असार सुरुमा उपचारका लागि दिल्ली लगिएको हो । दिल्लीमा उपचाररत खनालको सबै उपचार खर्च यसअघि एमाले र तत्कालीन केपी ओली नेतृत्वको सरकारले गर्ने घोषणा गरेका थिए । तर त्यसबेला नेपाली कांग्रेसका नेता गगन थापासहितले सरकारको निर्णयको चर्को विरोध गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७