बोनम्यारोपीडित बालक सुशीललाई ‘हाम्रो जन्मभूमि’ संस्थाको आर्थिक सहयोग


५ श्रावण २०७८, मंगलवार
balak

काठमाडौं, ५ साउन । दैलेखका बोनम्यारो पीडित एक बालकलाई ‘हाम्रो जन्मभूमि’ संस्थाले आर्थिक सहयोग गरेको छ । दैलेखको भगवतीमाइ गाउँपालिका–२, बेस्तड़ाका ११ वर्षीय बोनम्यारो पीडित बालक सुशील शाहीलाई ‘हाम्रो जन्मभूमि’ संस्थाले आज (मंगलबार) उपचारार्थ एक लाख ६३ हजार सहयोग गरेको हो । शाहीको विगत एक वर्षदेखि काठमाडौंस्थित सिभिल अस्पताल मिनभवनमा उपचार भइरहेको छ ।

sa

गत वर्षदेखि बोनम्यारो रोगबाट पीडित बालकको उपचारका लागि २५ लाख रकम लाग्ने कुरा विभिन्न सञ्चार माध्यममा आएपछि ‘टिकटक’ मा संगठित भएर सिन्धुपाल्चोकमा दर्ता भएको हाम्रो जन्मभूमि संस्थाले देश तथा विदेशमा रहेका नेपालीहरुबाट रकम संकलन गरी बालक शाहीलाई नगद हस्तान्तरण गरेको हो । निलो आकाश बचत तथा ऋण सहकारी संस्थाका निमनाथ फुुयाँल र हाम्रो जन्मभूमि संस्थाका अध्यक्ष इन्द्र आचार्यले संयुक्त रुपमा रकम हस्तान्तरण गरेका छन् ।

सहयोग हस्तान्तरण कार्यक्रममा संस्थाका सल्लाहकार, मानार्थ सदस्य, आजीवन सदस्यलगायतको सहभागिता थियो । नद हस्तान्तरण कार्यक्रमको सहजीकरण समितिका सदस्य नारायण श्रेष्ठले गरेका थिए । सामाजिक सेवामा समर्पित यस संस्थाले केही समय अगाडि सिन्धुुपाल्चोकमा आएको बाढीपीडित परिवारहरुलाई २ लाख बराबरको खाद्यान्न सामग्री प्रदान गरेको थियो ।

उक्त संस्थाको सामाजिक कार्य देखेर स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले आर्थिक सहयोग गर्दै आएका छन् । आगामी दिनमा यस्ता पीडितहरुलाई सहयोग जारी राख्ने संस्थाका अध्यक्ष आचार्यले बताए । निलो आकाश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष फुुयाँलले आगामी दिनमा सामाजिक कामलाई निरन्तरता दिइरहने बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७