कोभिड–१९ प्रकोप व्यवस्थापन कोषलाई सूर्य नेपालले दियाे ५० लाख सहयोग


६ श्रावण २०७८, बुधबार
surya life

काठमाडौं, ५ साउन । सूर्य नेपालले तनहुँका शुक्लागण्डकी नगरपालिका तथा र म्याग्दे गाउँपालिका को ‘कोभिड–१९ प्रकोप व्यवस्थापन कोष’ मा क्रमश रु.तीस लाख र रु. बीस लाख गरी जम्मा रु।.५० लाख रुपैयाँ सहयोग गरेको छ । सोमबार एक कार्यक्रमका बीच सूर्य नेपालको शेराटार (तनहुँ) स्थित कारखाना प्रबन्धक बाबुराम कार्कीले सो रकम हस्तान्तरण गरेका हुन् ।

कारखाना प्रबन्धक कार्कीले सूर्य नेपालले यस क्षेत्रमा गर्दै आएको बिभिन्न सहयोगको चर्चा गर्दै भविष्यमा पनि सहयोग जारी रहने कुरा उल्लेख गरे ।

यसैगरी कम्पनीको मानव संसाधन विभागका अञ्जन दुवाडीले यस क्षेत्रको दीर्घकालिन विकासको लागि स्थानीयसँग सहकार्य गर्दै अघि बढ्न सूर्य नेपाल सदैव तयार रहेको जानकारी दिए ।

कार्यक्रममा शुक्लागण्डकी नगरपालिका तथा र म्याग्दे गाउँपालिका प्रमुख, उप–प्रमुख तथा प्रमुख कार्यकारी अधिकृतहरूले सूर्य नेपालले यस क्षेत्रको सामाजिक आर्थिक विकासमा गरेको योगदानको उच्च प्रशंसा गर्दै भविष्यमा पनि यस्तै प्रकारको सहयोगको अपेक्षा समेत गरे ।

सूर्य नेपाल गत वर्ष पनि शुक्लागण्डकी नगरपालिका तनहुँको “कोभिड–१९ प्रकोप व्यवस्थापन कोष” मा रु। दश लाख तथा सात वटै प्रदेशमा कोभिड विरुद्धको लडाईँमा सहयोग प७थभलसयाउन रु। एक–एक करोड रकम प्रदान गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७