नेपाल लाइफ र ग्लोबल कलेजबीच एमओयु, कलेजका विद्यार्थीले लाभ लिन सक्ने


६ श्रावण २०७८, बुधबार
nepal life

काठमाडौं, ५ साउन । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र ग्लोबल कलेज अफ म्यानेजमेन्टबीच सोमबार एक कार्यक्रमका बीच एमओयु सम्पन्न भएको छ । नेपाल लाइफको कर्पोरेट कार्यालयमा आपसी हितका लागि अगाडि बढ्ने सम्झौता भएको हो ।

सम्झौतासँगै ग्लोबल कलेजका विद्यार्थीहरूका लागि नेपाल लाइफमा इन्टर्न गर्ने अवसर प्रदान हुने छ । त्यसै गरि जीवन बीमा शिक्षामा नेपाल लाइफले ग्लोबल कलेजलाई सघाउने सम्झौतामा उल्लेख छ । बीमा सचेतना अभियानमा ग्लोबल कलेजको साथ सहयोग रहने समेत सम्झौतामा समेटिएको छ ।

नेपाल लाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई र ग्लोबल कलेजका तर्फबाट प्रिन्सिपल डा। देवराज पनेरुले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त कार्यक्रममा नेपाल लाइफका मानव संसाधन प्रमुख बन्दना शर्मा तथा ग्लोबल कलेजका प्रोगाम कोअर्डिनेटर विराज घिमिरेको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७