माओवादीको आज स्थायी कमिटी बैठक बस्दै, थप मन्त्रीको टुङ्गो लगाउने


६ श्रावण २०७८, बुधबार
mao 1

काठमाडौं, ६ साउन । सत्ता साझेदार नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज (बुधबार) बस्दै छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न महत्वपूर्ण भूमिका खेलेको माओवादीले स्थायी कमिटीबाट थप मन्त्रीहरुको पनि टुङ्गो लगाउने योजना बनाइएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी स्थायी कमिटी बैठक बोलाएका हुन् ।
आइतवार राति विश्वासको मत पाएका प्रधानमन्त्री देउवाले क्याबिनेट विस्तार तयारी थाल्दै गर्दा माओवादीले पनि सम्भावित मन्त्रीहरुको टुङ्गो गर्ने भएको हो । माओवादीको भागमा ६ उपप्रधानमन्त्रीसहित ६ वटा मन्त्रालय पर्नेछन् ।

यसअघि माओवादीबाट अर्थमा जनार्दन शर्मा र ऊर्जामा पम्फा भुसालले जिम्मेवारी सम्हालिसकेकी छन् । तर उपप्रधानमन्त्रीका रुपमा जान नारायणकाजी श्रेष्ठसहितले जोडबल लगाइरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७