श्रीलंकासँगको एक दिवसीय क्रिकेट श्रृंखला भारतलाई


६ श्रावण २०७८, बुधबार
india y69gWy8qbI

काठमाडौं, ६ साउन । घरेलु टोली श्रीलंकासँगको एक दिवसीय क्रिकेट श्रृंखला भारतले एक खेल अगाडि नै जित हात पारेको छ । दोस्रो एक दिवसीय क्रिकेटमा श्रीलंकालाई तीन विकेटले हराउँदै भारतले श्रृंखलामा २–० को अग्रता बनाएको छ ।

कोलम्बोमा गए राति भएको खेलमा श्रीलंकाले दिएको २७६ रनको लक्ष्य भारतले ४९ ओभर १ बलमा ७ विकेट गुमाएर भेट्टायो । भारतका दीपक चाहर र सूर्यकुमार यादवले अर्धशतकीय पारी खेले । चाहरले अविजित ६९ रन बनाए । त्यस्तै यादवले ५३ रनको योगदान दिए । श्रीलंकाका वानिन्दु हसरंगाले ३ विकेट लिए ।

यसअघि आर प्रेमाडासा मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ९ विकेट गुमाएर २७५ रन बनाएको थियो । श्रीलंकाका लागि चारिथ आश्लन्का र अभिष्का फेर्नान्डोले अर्धशतक बनाए । आश्लन्काले ६५ तथा फेर्नान्डोले ५० रन जोडे । भारतका भुवनेश्वर कुमार र युजभेन्द्र चाहलले ३/३ तथा दीपक चाहरले २ विकेट लिए । पहिलो खेलमा भारत ७ विकेटले विजयी भएको थियो । तेस्रो खेल शुक्रबार हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७