प्रधानन्यायाधीश राणालाई सुरक्षा चुनौती, बढाइयो सुरक्षाकर्मी


६ श्रावण २०७८, बुधबार

काठमाडौं, ६ साउन । सत्ता परिवर्तनका वाहक बनेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको सुरक्षा थप गरिएको छ । संसद विघटनसँग सम्बन्धित मुद्दामा तत्कालीन सरकारको विपषमा फैसला आएपछि उनलाई दिँदै आएको सुरक्षामा थप गरिएको छ । राण्णलाई सुरक्षा चुनौती बढेको वर्तमान सरकारले उनको सुरक्षामा ध्यान दिँदै थप सुरक्षाकर्मी परिचालन गरेको छ ।

उनको निजी निवासमा पनि सुरक्षाकर्मी बढाइएको छ भने सकारी निवासमा समेत सुरक्षाकर्मी बढाइएको एक प्रहरी अधिकृतले जानकारी दिए । ‘अहिले उहाँको सुरक्षा चुनौती बढेकाले थप सुरक्षाकर्मी परिचालन गर्नु भन्ने गृह मन्त्रालयको आदेश आएपछि एक कम्पनी सुरक्षाकर्मी थप गरेको छौं’, ती सुरक्षा अधिकारीले भने ।

संसद पुनः स्थापनापछि सार्वजनिक सडकमा उनको सवारी हुँदा सुरक्षाकर्मीको स्कटिङ पनि अधिपछिको भन्दा बढी देखिएको छ । नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७