राष्ट्रपतिमाथि महाअभियोगको चर्चा


६ श्रावण २०७८, बुधबार
bidhya 1

काठमाडौं, ६ साउन । एमाले केन्द्रीय कमिटीमा राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाभियोग लगाउने सम्भावनाको चर्चा भएको छ । राष्ट्रपतिलाई महाभियोगमार्फत संसदमा उपलब्ध सदस्यहरुको दुई तिहाई मतले बर्खास्त गर्ने १८० जना सांसद भए सम्भव छ ।

विश्वासको मतमा मतदान नगरेका माधव समूहका आठ सांसद जोड्दा अहिले शेरबहादुर देउवासँग १७३ जनाको समर्थन छ । केपी ओली पक्षका बाँकी सात थान सांसदलाई मन्त्री बनाई दिएपछि राष्ट्रपति हटाउन मुस्किल नपर्ने महेश बस्नेतको भनाइ थियो । र, प्रतिनिधिसभा पुनस्र्थापना भएकै रात राष्ट्रपतिद्वारा भलाकुसारी गरिएका तीन पात्रमा केपी ओली, ईश्वर पोखरेल र यिनै महेश बस्नेत थिए । जनआस्था साप्ताहिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७